कालिकोट ।। कालिकोटका ८२ वटै वडाका विभिन्न बिध्यालय तथा स्वास्थ्य संस्थाहरुमा आज बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइदै छ । बिहान १० देखि ४ बजेसम्म १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डेना खोपको पहिलो मात्रा दिन लागिएको हो । अभियानका लागि आवश्यक खोप तथा खोप सामाग्रीहरु ९ वटै स्थानीय तहमा हिजो नै आपूर्ति भैसकेको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्न वीर सुनारले जानकारी दिनुभयो । कालिकोटमा अहिलेसम्म बिभिन्न चरणमा गरी ५११४० जनालाई पहिलो र २९३७५ जनालाई दोश्रो मात्रा खोप लगाइ सकिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।