एजेन्सी ।। विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २८ करोड नाघेको छ । गत २४ घण्टामा विश्वभर ३ लाख ८२ हजार २ सय १५ जना नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या २८ करोड नाघेको हो । अहिलेसम्म २८ करोड ३ लाख १५ हजार ८ सय ८२ जनामा कोरोना पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । यस्तै गत २४ घण्टामा ३ लाख १७ हजार ४ सय ६७ जना सङ्क्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको सङ्ख्या २५ करोड ३ लाख ४४ हजार २ सय ५६ पुगेको छ । यसैगरी २४ घण्टामा २ हजार ९ सय ८५ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५४ लाख १६ हजार २ सय ७३ पुगेको पनि वल्डोमिटरले उल्लेख गरेको छ । अझै पनि विश्वभर २ करोड ४५ लाख ५५ हजार ३ सय ५३ जना सक्रिय सङ्क्रमित रहेकामा ८८ हजार ४२७ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।





