काठमाडौं ।। २६ वर्षअघि सशस्त्र युद्धको सुरुवात गर्दा माओवादीले सुरु गरेका नारा थिए, धनीगरिव सबै बराबर, उचनिच व्यवहारको अन्त्य र असल चरित्रको निर्माण । तर तिनै नाराका कारण माओवादी विचार बोकेका युवादेखि वयस्कसम्मका मानिस कोही खाडी मुलुक पुगेका छन् भने कोही गाउँघरमै अन्योलमा छन् । विशेषगरी जब सशस्त्र युद्धका लागि जनसमर्थन जुटाउनुपर्ने भयो, माओवादी नेताकार्यकर्ता गाउँ छिर्न थाले । उनीहरूले भ्रष्ट भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएर कालोमोसो दलेर सार्वजनिक गर्थे । माओवादीको निसानामा गलत आचरण भएका भनिएका व्यक्ति पनि पर्थे । जाँडरक्सीका कारण समाज विग्रिएको निष्कर्षका साथ रक्सी बनाउन प्रयोग हुने भाँडाकुँडा फाल्ने अभियान सुरु गरिएको थियो भने जुवा खेल्नेलाई नै तासका पत्ति चपाउन लगाइन्थ्यो । जातीय तथा वर्गीय विभेद हटाउन त्यस्ता कार्य गर्नेकै घरमा सामूहिक खाना खुवाइन्थ्यो । यस्ता व्यवहार र सिद्धान्तका कारण खासगरी विपन्न नागरिकको भरोसा माओवादी पार्टीप्रति थियो । यी सबै कुरा चरणवद्ध रुपमा हुने गरेको रोल्पाको तत्कालीन जनमुक्ति सेनाको संयोजन समेत गर्नु भएका पुर्ण बहादुर ओलीले बताउनुभयो । सशस्त्र युद्ध सुरु भएको करिव १० वर्षपछि शान्ति प्रक्रिया हुँदै माओवादी नेताहरू काठमाडौँ छिरेपछि भने उनीहरूको सिद्धान्त र व्यवहारमा सन्तुलन मिल्न छोडेको कार्यकर्ता स्वीकार्छन् । जनताको जीवनस्तर जस्तो बनाउने र जहाँ पु¥याउने आश्वासन माओवादीले दिएको थियो । त्यसअनुसार त भएन नै, नेताहरूनै गलत बाटोमा लागेका कारण जनस्तरको समर्थन गुम्दै गएको आजपर्यन्त माओवादीमा छलफल हुने गरेको छ । हुन त माओवादी कार्यकर्तास्तरमा निरासा मात्रै छैन । पार्टी सङ्गन जतिसुकै कम्जोर बने पनि आशावादी पनि भेटिन्छन् । कुनै बेला मुलुककै सबैभन्दा ठूलो दल बनेको माओवादी सत्ता, संसद, सदनको स्वाद चािखसकेपछि पार्टीलाई बलियो बनाउने बहसमा छ । तर जनयुद्धताका दिइएको आश्वासन र चलाइएको समाज रुपान्तरणको अभियान बिर्सिएका कारण जनस्तरको विश्वास घट्दै गएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here