राैतहट ।। रौतहट उद्योग बाणिज्य संघमा साधारण सभा गर्ने बिषय लिएर विवाद उत्पन्न भएको छ। ३ वर्षे कार्यकाल सकिए पछि नया नेतृत्व चयन गर्नको लागि आयोजना गरिने साधारण सभाको बिषयमा बाणिज्य संघको अध्यक्ष र महासचिब बीच विवाद उत्पन्न भएपछी तोकिएको मितिमा साधारण सभा हुन नसक्ने अन्यौलता बढ्दै गएको हो।
शनिवार उद्योग बाणिज्य संघका महासचिव रबिन्द्रनाथ गोपाली र अध्यक्ष पंडित प्रसाद जैसवालले नेपाल पत्रकार महासंघ रौतहट शाखामा छुटा छुटै पत्रकार सम्मेलन गरी एक अर्का माथि आरोप प्रत्यारोप लगाएका छन्। महासचिव गोपालीले कार्यसमितिको अवधि गएको पुष २६ गतेमा नै सकिएकोले चैत्र २३ गते साधारण सभाको आब्हान गरेकोमा अध्यक्षको आपति भएको बताएका छन्। उनले बर्तमान कार्यसमितिले नया नेतृत्व चयन गर्ने पक्षमा भएपनि अध्यक्षले बिधान विपरित ६ महिना आफ्नो अबधि लम्ब्याउन खोजेको आरोप लगाए।
यता रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जैसवालले पनि पत्रकार सम्मेलन गरि महासचिव गोपालीको करण नै साधारण सभा नहुने अवस्थामा पुगेको को आरोप लगाएका छन्। कार्यसमितिको निर्णय बाट महासचिवको नेतृत्वमा नबिकरण समिति बनाईएको बताउदै महासचिवले बिना कुनै कागजातको सदस्यता रसिद काटेकोले विवाद उत्पन भएको उल्लखे गरे। अध्यक्ष जयसवालले १८ सय भन्दा बढी व्यक्तिको बिना प्रमाण रसिद काटिएको दावी गरे। सदस्यता रसिद काटिएको बिषयमा छलफल गर्न महासचिवलाइ भन्दा चासो नलिएको करण यस्तो अवस्था सृजना भएको उहाको कथन रहेको छ। आफुले साधारण सभा गराउन तयार रहेको भन्दै नियम बिपरित वितरण गरिएको नया सदस्यतालाइ कुनै पनि हालतमा स्वीकार्य नगर्ने जनाए। ३५ दिन अगावै मतदाता नामबाली प्रकाशन गर्नु पर्ने प्रवधान रहेकोले अहिले सम्म त्यो कार्य नभएकोले चैत्र २३ गते तोकिएको साधारण सभा नहुने बताए। व्यापारीहरुको हक हितको लागि सबैले मिलेर अघि बढ्नु पर्ने धारणा राख्दै अध्यक्ष जैसवालले बिबादित बिषयमा बसेर छलफल गरेर अघि बढ्न महासचिव लगायत अन्य पदाधिकारीलाइ आग्रह गरे।
रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष र महासचिवको कार्यशैलीका कारण रौतहट उद्योग वाणिज्य संघ लथालिंग बन्दै गएका छन् ।
विगत एक महिना देखि सदरमुकाम गौर स्थित उद्योग वाणिज्य संघको कार्यालयमा ताला लाग्दा कार्यालयको कामकाज प्रभावित हुँदै आएको भएपनि अध्यक्ष र महासचिव आफनै तालमा हिडिरहेको यतिखेर दुबै पदाधिकारी माथि गम्भीर आरोप लागेका हुन् ।
अध्यक्ष पंडित प्रसाद जयसवालको अध्यक्षतामा गएको माघ २४ गते बसेका बैठकबाट ६ बुंदे निर्णय भएका थिए । नविकृत सदस्यहरुको नामावली तथा सदस्यता नविकरण सम्बन्धमा, बार्षिक साधारण सभा तथा अधिवेशन सम्बन्धमा, सदस्यता शुल्क सम्बन्धमा, निर्वाचन समिति गठन सम्बन्धमा, कर्मचारी नियुक्ति सम्बन्धमा र सदस्यता नविकरण समिति गठन गरेर ६ बुंदे निर्णय गरिएको थियो ।
६ बुंदे निर्णय अनुसार साधारण सभा एवं अधिवेशन २०८१ चैत २३ गते गर्ने र नयाँ सदस्यको हकमा तिन सय तथा नविकरण गर्ने सदस्यको हकमा दुई सय लिने निर्णय भएका थिए । त्यती मात्रै नभई सदस्यता नविकरण गर्न महासचिव रबिन्द्रनाथ गोपालीको संयोजकत्वमा संजय कर्ण, चन्द्रप्रकाश अग्रवाल, अमित केसरी र रमेश जयसवाललाई सर्वसहमतीबाट चयन गरिएको थियो ।
पाएका जिम्मेवारी विपरित कार्य
उक्त सहमती अनुसार पुरानो सदस्यहरुको निवकरण गर्नुपर्नेमा संयोजक एवं महासचिव गोपालीले गाउँ गाउँमा गई आफू खुशी विना आधार प्रमाणको नयाँ सदस्यताको रसिद काटेकोमा गम्भीर आपत्ती जनाउदै अध्यक्ष पदका आकाँक्षी गंगाधर प्रसाद श्रीवास्तवले नविकरण गर्ने समितिले नयाँ सदस्यताको रसिद कसरी काट्यो उनले प्रश्न गरे ।
नयाँ सदस्यता लिने व्यवसायीले संघको कार्यालयमा उपस्थित भएर उद्योग कार्यालयबाट लिएको फर्मको प्रमाण पत्र, आन्तरिक राजस्य कार्यालयमा दर्ता गराइएको आधारमा पान नम्वर राखेर निवेदन दिएपछि मात्रै नयाँ सदस्यता दिने प्रावधान विपरित महासचिव आफनो पदको चरम दुरुपयोग गरेको श्रीवास्तवले गम्भीर आरोप लगाए ।
माघ महिनामा भएको निर्णय विपरित कार्य महासचिव गोपालीले गरिरहदा पनि अध्यक्ष जयसवालको चुप रहदा उनको भुमिका पनि सन्देहको घेरामा आएको उनले बताए ।
संघको कार्यालयमा लागेको ताला नखुल्दा कामकाज प्रभावित
संघको कार्यालय विगत एक महिना देखि खुल्न नसक्दा बर्ष भरीको आयव्ययको विवरणलाई अद्यावधिक गरेर लेखापरिक्षण गराउनुपर्ने तर सम्पूर्ण कागजातहरु संघमै रहेको हुँदा लेखापरिक्षण गराउन नसकिएकोमा अविलम्ब कार्यालयमा लगाइएका ताला खोलिनुपर्ने संघका एक पदाधिकारी तराई टप संग भने ।
कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सहित विभिन्न निकायमा उजुरी
यति मात्रै नभई उद्योग वाणिज्य संघ रौतहट शाखाका अध्यक्ष र महासचिवको मनोमानी रबैयाका कारण पदाधिकारीहरु सहित ११ जना सदस्यले फागुन २५ गते जिल्ला प्रशासन कार्यालय रौतहट सहित विभिन्न निकायमा विधान विपरित कार्य गरिरहेकोले जिल्ला कार्यालय समितिलाई झिकाई कानुन बमोजिम कारवाही गर्न निवेदन दिएका थिए ।
जुन कार्यको जिम्मेवारी तोकिए सो विपरित कार्य गर्नेहरु विरुद्ध संघका सदस्य सहितका पदाधिकारीहरुले दिएका निवेदन विरुद्ध सम्बध निकाय उदाशिन रहदा विधान विपरित कार्य गर्नेको मनोवल बढ्दै गएको हुँदा उद्योग वाणिज्य संघ रौतहट शाखालाई दलदलबाट जोगाउन समस्त व्यवसायी एवं व्यापारी संग उक्त निवेदनकर्ताहरुले अनुरोध गरेका छन् ।