काठमाडौँ ।। सरकारले अस्तिबाट देशभरका ५७ जिल्लामा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । बालबालिकालाई प्राथमिकतामा राखेर विद्यालयमै लगाउन थालिएको खोप अभियान सफल बनाउन भने अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । आफूले दुबै मात्रा खोप लगाइसकेको अवस्थामा छोराछोरीलाई पनि खोप लगाउने पालो आएकोमा महोत्तरीका शङ्कर साहले खुशी व्यक्त गर्नुभयो । कोरोनाविरुद्धको खोप बालबालिकालाई पनि लगाउने सरकारको निर्णय उचित भएको भन्दै बैतडीका प्रेमसागर भट्ट बोहराले खोपबारे समाजमा फैलाइएका भ्रम चिर्नुपर्ने बताउनुभयो । सरकारले १२ वर्षदेखि १७ वर्ष उमेरसम्मका झन्डै ८० लाखभन्दा बढी बालबालिकालाई मोडर्ना खोप लगाउने योजना बनाएको छ । पुस ४ देखि १४ गतेसम्म अभियानकै रुपमा चल्ने खोप लगाउन जाँदा अभिभावकलाई पनिसँगै गइदिन, खाली पेटमा खोप लगाउन नजान, खोप लगाएको आधादेखि एक घण्टासम्म खोप केन्द्रमै बस्न, खोप लगाएको २४ घण्टासम्म टाउको दुख्ने, एक सय डिग्रीभन्दा बढि ज्वरो आए सिटामोल खान डा.युवानिधि बसौलाको सुझाव छ । बालबालिकालाई विशेषगरी सुईसँग डर हुनुका साथै उनीहरूले कोरोनाबारेका भ्रमात्मक हल्ला पनि सुनेको भएकाले मानिसक रुपमा तयार गर्नुपर्ने मनोचिकित्सक डा.कपिल उपाध्यायले बताउनुभयो । कोरोना भाइरसका विभिन्न उत्परिवर्तित स्वरुपहरू देखिने क्रम रोकिएको छैन । यसअघि बालबालिकाबाहेक विभिन्न उमेर समूहका व्यक्तिले खोप लगाइसकेका छन् । त्यो अवसर नपाएको र जोखिम रहेका कारण पनि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन जरुरी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here