काठमाडाैं ।। सरकारले आजदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउँदैछ । देशभरका ५७ जिल्लामा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले सबै १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई आ–आफ्नो विद्यालयमा अनिवार्य खोप लगाउन आग्रह गरेको छ । खोप शाखाका प्रमुख डा.सागर दाहालले आजदेखि पुस १३ गतेसम्म मोडर्नाको खोप लगाइने र खोपको दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म दिइने बताउनुभयो । उहाँले खोप अभियान विद्यालयमा सञ्चालन हुने भएकाले बालबालिकालाई सहज हुने हुँदा आपूm अध्ययनतर विद्यालयमा अभिभावकसँगै गएर खोप लगाउन पनि सबैलाई आग्रह गर्नुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।