काठमाडाैं ।। आज नेवारी समुदायले योमरी पुन्ही मनाउँदैछन् । मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका नेवार समुदायका नागरिकले योमरी पुन्ही मनाउँदैछन् । नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा लिइन्छ । मिठाई खाने दिन भएकोले यो पूर्णिमालाई योमरी पूर्णिमा पनि भनिन्छ, मरी भनेको नेवारीमा मिठाई हो । महर्जन, प्रजापति, सिंह, सुवाल, मुनिकार, सुवाल, अवालेलगायतका थर ज्यापू समुदायमा पर्छन् । ज्यापूबाहेक सबै नेवार समुदायले घरघरमा योमरी बनाएर चेलीलाई भोजनका लागि निमन्त्रणा गर्ने परम्परा छ ।





