काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । यसअघि बोलाइएका सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित थियो । प्रधानमन्त्री तहबाट आफूहरुसँग छुट्टै छलफल हुनुपर्ने माग राख्दै आएको भए पनि फेरि सर्वदलीय बैठक आह्वान गरेर अहिलेको संसदको गतिरोध हटाउनका लागि सरकारले वास्ता नगरेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताउनुभयो । पार्टीले कारबाही गरेका सांसदको नाम सूची सार्वजनिक नगरेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामा प्रश्न उठाउँदै आएको छ । विरोधमा उसले संसद बैठकमा नाराबाजी गर्दै आएको छ । एमालेको अवरोधका कारण विभिन्न विधेयकहरु ससदीय प्रक्रियामा जान सकेका छैनन् । अत्यावश्यक विधेयक भने सरकारले बल प्रयोग गरी संसदमा प्रस्तुत र पारित गर्दै आएको छ । सापकोटाले आफ्नो गल्ति सच्याउनुपर्ने नभए राजीनामा दिनुपर्ने माग गर्दै त्यसो नहुँदासम्म सदन चल्न नदिने एमालेले बताइसकेको छ । संसद प्रभावित भइरहदा कयौ बिधेयक अगाडी बढ्न सकेका छैनन् ।
एमाले आजको सर्वदलीय बैठकमा सहभागी नहुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।