काठमाडाैं ।। शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ लाई पालना गर्दै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको भए पनि कार्यान्वयन सन्तोषजनक देखिएको छैन । नेपालमा कोरोनाको नयाँ प्रजाति ओमिक्रोन पुष्टि भइसकेकाले विद्यार्थीलाई सङ्क्रमणबाट बचाउन प्रत्येक दिन प्रत्यक विद्यार्थीको ज्वरो परीक्षण गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, असम्बन्धित व्यक्तिलाई विद्यालय प्रवेशमा रोक लगाउन कार्यढाँचामा भनिएको छ । त्यसैगरी सफा पानीसहितको हात धुने स्थान तोक्ने र सरसफाइका सामग्रीको व्यवस्था गर्ने, कक्षाकोठामा एक विद्यार्थीदेखि अर्को विद्यार्थीको दुरी कम्तिमा १ मिटर अनिवार्य कायम गर्न भनिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले बताउनुभयो । सरकारले पठाएको कार्यविधिमा उल्लेख गरिएका बुँदा महामारी नियन्त्रणका लागि फाइदाजनक भए पनि कार्यान्वयनमा भने धेरै स्थानमा समस्या छ । माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई छ तर सबै स्थानीय तह स्वास्थ्य मापदण्ड पालनामा गम्भीर छैनन् । बैतडीका एक जना विद्यार्थी गजेन्द्र धामीले विद्यालयमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ नभएको बताउनुभयो । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ मा रहेको जनज्योति माध्यमीक विद्यालयका साहिल सुनारले लामो समय विद्यालय नखुल्दा पढ्न नपाए पनि हिजोआज सावधानी अपनाएर पढ्न पाइएको बताउनुभयो । कोरोना सङ्क्रमणदरमा कमि आएपछि विद्यालयहरूले स्वास्थ्य सावधानी अपनाएर पठनपाठन भइरहेको विद्यालयका शिक्षक रबिन्द्रबहादुर खड्काले बताउनुभयो । नेपाल आएका एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का १ जनामा १० दिनअघि मात्रै ओमिक्रोन पुष्टि भएको थियो ।
Home मुख्य समाचार विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनिवार्य पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन
विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनिवार्य पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।