काठमाडाैं ।। आज सुदूरपश्चिमका एकदुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिमका एकदुई ठाउँमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । यस्तै आज राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको पनि उहाँले सीआइएनसँग बताउनुभयो । यसैगरी भोलि दिउँसो कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा तथा बाँकी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here