काठमाडाैं ।। नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दैछ । गत शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न लागिएको एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार नवनिर्वाचित महासचिव शङ्कर पोखरेलले पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गर्नुहुनेछ । चितवनमा गत मङसिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो । बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।