काठमडाैं ।। नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्राेनका सङ्क्रमित भेटिएका छन् । दक्षिण अफ्रिकाबाट आएका एक जना विदेशी र एक जना नेपालीमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।
६६ वर्षीय विदेशी नागरिकको स्वास्थ्य परीक्षणको क्रममा उनमा नयाँ भेरियन्ट पुष्टि भएको थियो । उनीसँगै आएका ७१ वर्षीय बृद्धमा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
हाल दुवै जना आइसोलेसनमा बसिरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीन सिक्वेन्सपछि दुवै जनामा पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म नेपालसहित ३६ देशका ५७६ जनामा संक्रमण पुष्टि भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।