मुम्बइ ।। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई भारत छोड्न रोक लगाइएको छ । २०० करोड भारुको मनी लाउन्ड्रिङ केसमा जारी गरिएको आउटलुक सर्कुलरअन्तर्गतलाई उनलाई मुम्बइ एयरपोर्टमा रोकिएको हो ।उनी सलमान खानले आयोजना गरेको दबङ टुर कार्यक्रममा भाग लिन दुबई जाने तयारीमा थिइन् । उनलाई एयरपोर्टबाट रोकेर घरतर्फ फिर्ता गरिएको थियो । उनलाई एयरपोर्टका सुरक्षा अधिकारीले अपरान्ह ४ बजे दुबइतर्फ जान रोक लगाएका थिए । अहिले २०० करोडको मनी लाउन्ड्रिङ केसमा ज्याकलिनसँग सोधपुछ चलिरहेको छ । यो मामिला धोखधडी मुद्दाको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको छ ।यो घटनाबारे अनुसन्धान गरिरहेका अधिकारीहरुका अनुसार ज्याकलिनको विरुद्ध लुकआउट सर्कुलर जारी गरिएको छ । यस मामिलामा इडीले अभिनेत्री नोरा फतेहीसँग पनि सोधपुछ गरिरहेको छ । इडीका अनुसार २०० करोड भारु असुली मामिलामा ज्याकलिन मुख्य साक्षी हुन् । सुकेश अहिले पनि दिल्लीको तिहाड जेलमा छन् । ज्याकलिनले सुकेशसँग डेट गरेको आरोप पनि छ । यस दौरान सुकेशले ज्याकलिनलाई महंगा उपहार पनि दिएका छन् जसमा ९ लाख भारु बराबरको बिरालु पनि छ । सुकेशले प्रहरीसँगको बयानमा आफूले ज्याकलिनलाई ५२ लाख भारु पर्ने घोडा र चारवटा फारसी प्रजातिका बिरालु पनि उपहार दिएको बताएका थिए । जसमा एउटा बिरालुको मूल्य ९ लाख छ । दिल्ली पुलिसले सुकेशविरुद्ध उजुरी दर्ता गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here