काठमाडौँ ।। भारतमा आइतबार थप १७ जनामा कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
सरकारी अधिकारीका अनुसार राजस्थानमा ९ जना, महाराष्ट्रमा ७ जना र नयाँदिल्लीमा १ जनामा संक्रमिण देखिएको हो।
हालसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुगेको छ।
भारतीय अधिकारीहरुले पछिल्लो अवस्थालाई आँकलन गर्दै अतिरिक्त डोज खोप लगाउनेबारेमा छलफल अगाडि बढ्न सक्ने बताएका छन्।
स्वास्थ्यमन्त्री मनसुख मन्डावियाले संसदलाई दिएको जानकारीअनुसार रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुलाई अतिरिक्त डोज दिने विषयमा विज्ञहरुसँग छलफल भइरहेको बताए।
त्यसैगरी भारतमा ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा यसको जोखिम थप बढेको छ।
संक्रमणको जोखिम कम गर्नका लागि कोरोना भाइरसविरुद्धको खोपलाई तीव्रता दिनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here