काठमाडौँ ।। पानी भएको ठाउमा थोरै लगानीमा पनि सुरु गर्न मिल्ने भएपछि व्यावसायिक माछा पालनतर्फ किसानको आकर्षण बढेको छ । नयाँ नयाँ जात र प्रजातिका माछा पालन गर्न थालेपछि उत्पादन पनि बढेको केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत सुमित्रा लौडारीले बताउनुभयो । नेपालका नदीनाला तथा तालतलैयामा हाल २ सय ३२ प्रजातिका माछा पाइन्छन् । जसमध्ये रैथानेबाहेक ६ प्रजातिलाई व्यावसायिक रूपमा पालन गरिएको छ । आवस्यक स्रोत केन्द्र नहुँदा माछा उत्पादनमा आत्मनिर्भर हुन नसकेको गण्डकी प्रदेशको मत्स्य विकास केन्द्रका कार्यालय प्रमुख रविनसन अधिकारी को भनाइ छ । माछाको उत्पादन बढाउन केन्द्र र प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएका छन् । तर सर्वसाधारणका लागि कार्यक्रम पुग्न सकेको छैन । एकातिर स्रोत केन्द्रको अभाव छ अर्कोतिर दक्ष प्राविधिक पनि छैनन् । नेपालमा चिसो र न्यानो गरि दुई थरीको पानीमा व्यवसायिक माछा पालन हुँदै आएको छ । नेपालको पहाडी र हिमाली जिल्लामा प्रशस्त चिसो पानीका स्रोत भएकाले ट्राउट लगायतका माछा पनि पालन गर्न सकिन्छ । पछिल्लो समय ८५ प्रतिशत माछा स्वदेशमै उत्पादन हुने गरेको नेपाल मत्स्य व्यवसायी सङ्घका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले बताउनुभयो । सरकारले नेपाललाई सन् २०३१ सम्म माछाको प्रयोगका लागि अल्पविकसित मुलुकको दाँजोमा पु¥याउने लक्ष्य राखेको छ । त्यसैले किसानलाई सहयोगका लागि दक्ष जनशक्ति परिचालन गर्नुपर्ने माग किसानको छ ।
थोरै लगानीमा सुरु गर्न मिल्ने व्यावसायिक माछा पालनतर्फ किसानको आकर्षण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।