सिन्धुली ।। सिन्धुलीको कमालामाई नगरपालिकामा बलात्कारको आरोपमा तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । स्थानीय तीन जना किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप ९ जना युवकमाथि लागे पनि हाल सम्म तीन जनालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ । ९ जना मध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगर पक्राउ परेका हुन् । घटनामा संलग्नलाई कारबाहीको माग गर्दै बलात्कृत किशोरीका अभिाभावकले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । किशोरीहरुको मेडिकल जाँच गरिएको र जाचँका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here