काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ ।
यस्तै २४ घण्टामा १ हजार ५५० निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ५८ हजार ५०४ रहेको छ ।मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ९ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या २० हजार २८७ र २४४ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म पीसीआर परीक्षण ४१ लाख ४६ हजार ७८३ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।