नयाँदिल्ली ।। भारतको एक अदालत भित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ । दिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा तीन जना मारिएका छन् । घटनामा ग्याङस्टार जितेन्दर गोगीसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला शुक्रबार दिउँसो गोली चलेको थियो । घटनास्थलको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा देखिएअनुसार गोली प्रहार गर्नेहरु दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए।
सुरक्षाकर्मीको गोली प्रहारबाट बन्दुकधारी मारिनुअघि गोगीमाथि तीन पटकसम्म गोली प्रहार भएको सार्वजनिक भएको भिडियोमा देखिन्छ । एनडिटिभीका अनुसार घटनापछि अस्पतालमा गोगीको मृत्युको घोषणा गरिएको थियो । घटनामा अरु थुप्रै घाइते भएका छन् । उनीहरुको अहिले अस्पतालमा उपचार भएको बताइएको छ । उनीहरुमध्ये एक महिला वकिल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै घटनास्थलबाट दुई बालबालिका सुरक्षित स्थानतर्फ भागेको भिडियोको दृश्यमा देखिन्छ ।गत वर्षको मार्चदेखि कारागारमा रहेका गोगीको हत्या गर्ने भन्दै यसअघि तिल्लु गिरोहले घोषणा गरेको थियो । शुक्रबार गोगीलाई अदालत उपस्थित गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । बन्दुकधारी समूहले गोगीको हत्या गरेलगत्तै प्रहरीले चलाएको गोली लागी दुई जना मारिएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here