रौतहट ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिका ५ मिठुअवा निवासी राम प्रवेश सहनीले २ लाख ऋण लिएर २० लाख रुपैया तिरी दिएपनि साहुले जग्गा विक्री गरेको बताएका छन् ।
विहिवार सदरमुकाम गौर स्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरि पिडित सहनीले २०६८ जेष्ठ २६ गतेमा देवाही गोनाही नगरपालिका वडा नम्बर २ निवासी राजकुमार साह तेली सित ४ कट्ठा १८ धुर जग्गा रजिष्ट्रेसन गरि लिएको २ लाख रुपैयाको पटक पटक गरि २० लाख रुपैया लिएको र मेरो जग्गा अन्यत्र विक्री समेत गरि दिएको आरोप लगाए ।
श्रीमति विरामी पर्दा उपचार गराउन आर्थिक समस्या परेको वेला कर्जा माग्न जादा जमिन नाउमा गरी कपाली तमसुक पनि गरे कर्जा दिने भने पछि तयार भइ मेरो नाममा रहेको ४ कठा ३ धुर खेत र १५ धुर घरवासको जग्गा साहु राजकुमार साह तेलीले आफनो सम्धी देवाही गोनाही नगरपालिका २ निवासी रुपलाल साह तेलीको नाममा पास गराइ कपाली तमसुक समेत गराएको सहनीले दावी गरे ।
कर्जा लिएको केही दिन पछि मेरो छोरा छोरी , दाइको मृत्यु भएपछि समस्यामा फसे सुनाउदै सहनीले केही समय पछि साहुलाई रकम फिर्ता गर्न शुरु गरेको बताए ।
२०७६ साल सम्म २ लाखको २० लाख रकम लिए पछि जग्गा फिर्ता गरिदिनु र कपाली कागज फटा गरि दिनु भन्दा रकम नलिएको र जग्गा पनि मेरो रहेको मिटर व्याजीले जवाव दिएको बताए ।
साहु राज कुमार साह निर्वाचित वडा अध्यक्ष समेत रहेको छ । रकम लिएर साहले मेरो जग्गा स्थानिय लडाइ सहनी सित १५ धुर र सत्य नारायण साह सित ४ कठा ३ धुर जग्गा विक्री गरि दिएको जानकारी पछि अन्यायमा परि न्यायको लागी जिल्ला प्रहरी , जिल्ला प्रशासनक कार्यालय रौतहटमा उजुरी हाल्दा पनि कुनै कार्यवाही नहुदा बाध्य भइ मिडियाको शरणमा पुगेको गुनासो गरे ।
पिडितको पत्नी सिता देवीले गाउको ननिपत सहनी र भोजेन्द्र सहनीको रोहबरमा रकम फिर्ता दिएको दावी गरे । मिटर व्याजीको कारोवार गर्ने साहले २० लाखको जग्गा ३ लाखमा मात्र विक्री गरी हामीलाइ वेघर बनाएकोले कार्यवाही गरी न्याय दिलाइ दिन आग्रह गरे ।
बडाध्यक्ष साह माथि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिदा मुदा फाटमा कार्यरत रहेको उमेश साहले १ लाख रुपैया घुस माग्दा दिन नसक्दा कार्यवाही नगरेको आरोप पिडितले लगाए ।
उहाले भने अन्यायमा पर्दा पनि न्यायको लागी कोही नबोलेकोले गरीब , असहाय कसरी बाच्ने आसु पोख्दै भने पावर र पहुच भएको लागी मात्र न्याय रहेको छ । गरिवको लागी पिडा मात्र हो ।
लिएको रकम तिरिदिदा पनि जग्गा विक्री गरेको , कपाली तमसुक माग्दा मारपिट गर्ने धम्की समेत दिने गरेकोले अन्यायी माथि कानुनी कार्यवाही गरी जग्गा फिर्ता गराइ दिन सम्वन्धीत निकाय , मानव अधिकार आयोग सित अपिल गरेका छन ।
मिटर व्याजी साहुले २ लाखको २० लाख लिएर पनि जग्गा विक्री गर्यो पिडित सहनी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।






![IMG_20210923_113953[1]](https://sangamkhabar.com.np/wp-content/uploads/2021/09/IMG_20210923_1139531-696x522.jpg)





