काठमाडाैं ।। आज विश्व ओजोन तह बचाउ दिवस, खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ मनाइँदै छ । पृथ्वीमा कार्बनडाइअक्साइड धेरै हुँदा तापक्रम पनि बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९८० को दशकयता विश्वमा ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको छ । यस्तै अत्यधिक तापक्रम मापन हुने क्षेत्रहरु पनि बढेका छन् । यसले मानिससँगै पारिस्थितिक प्रणालीमा असर गरेको छ । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा निरन्तर बढ्दा पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ । वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले शून्य दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here