काठमाडौं ।। नेपालमा पछिल्लो २४ घन्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन्।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएपछि हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरिका प्रयोगशालामा गरिएको १५ हजार १ सय ७९ नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ। त्यस्तैपछिल्लो २४ घन्टामा १६८९ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ।
त्यस्तै अहिलेको अवस्थामा कोरोना सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here