काठमाडाैं ।। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली भई लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुइ स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here