काठमाडाैं ।। आज देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राती पनि लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसकै प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली भइ प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानमा हल्का वर्षा भईरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।