काठमाडाैं ।। १२ औँ राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । पहिलो चरणमा आजदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुने राष्ट्रिय तथ्याङ्गक विभागले जनाएको छ । सूचीकरणका लागि ८ हजार ५ सय सुपरिवेक्षक खटिने छन् ।सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ । विभागका निर्देशक ढुण्डीराज लामिछानेले ७७ वटै जिल्लामा एकसाथ घर तथा घरपरिवारको सूचीकरण हुने बताउनुभयो । सूचीकरणमा व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत गणना गरिनेछ । मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् । नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ६५ लाख छ । हाल जनसङ्ख्या बढेर ३ करोड ४६ हजार पुगेको अनुमान छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here