काठमाडाैं।। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आजदेखि सुरू गर्न भएको छ । कोरोनाभाइरस महामारीका कारण यस अगाडि पटकपटक स्थगित भएको परिक्षा आजबाट सुरु हुन लागेको हो । अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षा हुन लागेको हो । प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो । परीक्षा असोज ८ गते सकिनेछ । यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुदैछन् । विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन् । परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।