काठमाडौँ ।। देशभर पछिल्लो २४ घन्टामा देशभर ९११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ सय ३८ जनामा र ३ हजार १४० जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
ऋाज थपिए सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ७७ हजार १६३ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ । यसकास साथै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन् ।यसका साथै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ जना छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार चार सय ४९ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here