जनकपुर ।। प्रदेश नम्बर २ सरकार कोरोना भाइरस महामारी बिरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क, नो सर्भिस’ अभियान सञ्चालनमा ल्याउने भएको छ । आइतबार मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेका छन् ।
कोभिड १९ को सङ्क्रमितहरुको सङ्ख्यामा कमि आए लगतै सर्बसाधारणले मास्कको प्रयोगमा हेलचेक्र्याइ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालय हरुमा उक्त अभियान चलाउने निर्णय गरेका हुन् ।
सरकार मास्क प्रयोगमा सर्बसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरु मार्फत विज्ञापन प्रशारण प्रकाशन गराउने निर्णय समेत गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री, समाजिक बिकास मन्त्री, प्रमुख सचिब लगायतका सचिबहरु सहित सरोकारवालाहरुको सहभागिता रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here