काठमाडौं ।। प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सचापति शेरबहादुर देउवाले संसद अवरोध हटाउने जिम्मा प्रमुख विपक्षी दल नेकपा एमालेको भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारले उनलाई यसरी कतिन्जेल संसद चल्छ भनी प्रश्न गरेका थिए । जवाफमा देउवाले भने ‘ओलीलाई सोध्नू ।’आइतबार बसेको प्रतिनिधिसभाको दुईवटा बैठकमा दुबै बैठक एमाले सांसदहरुले अवरोध गरेका थिए । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ । आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौँ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here