रौतहट ।। अखिल नेपाल महिला संघ जिल्ला कार्य समिति सर्लाहीले हत्या गरिएको १५ वर्षीय बालिकाका हत्यारा लाइ कानुनी दयारामा ल्याउन माग गर्दै जिल्ला प्रसाशन कार्यालयमा विहिवार ध्यानाकर्षण पत्र बुझाएका छन् !
साउन ३१ गते देखि हराईरहेको बालिका लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगंज कि प्रियंका भुजेलको शव ३ दिन पछि सोहि नगरपालिकाको वडा नम्बर ६ कालिन्जोर खोलामा मृत अवस्थामा फेला परेकोमा हत्या गरि फालिएको हुनाले घटनामा संलग्न भएका दोषीलाइ कार्यवाही गर्न अखिल नेपाल महिला संघले माग समेत गरेको छ !
जिल्ला अध्यक्ष कल्पना कटुवालको नेतृत्वमा महिला अधिकारकर्मीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी राम कुमार महतो र जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर सो ध्यानाकर्षण पत्र बुझेको महिलासंघका प्रदेश २ सदस्य अन्जना पन्त कडरियाले जानकारी गरेको छ !
प्रदेश २ मा विगत केहि दिन देखि महिला , बालबालिकाको बलात्कार , हत्याको घटना बढेकोले महिला को सुरक्षा अवस्था चुनौती पूर्ण देखिएकोले सरकारले यस्ता घटनाको न्यूनीकरण गर्न कडा कानुन बनाउनु पर्नेको विकल्प नरहेको जिकिर उहाले गरे !
प्रदेश सरकारले बेटी पठाउ बेटी बचाउ अभियान संघलन गरेपनि प्रदेशका चेली छोरी सुरक्षित नरहेको आरोप उहाको रहेको छ ! घरबाट हराए कि बालिका भुजेलको क्रुरता पुर्व गरिएको हत्या निन्दनीय रहेकोले घटनामा संलग्न भएको दोषीलाई छिटै कानुनी दयारामा स्थानीय प्रसाशनले ल्याएर कार्यवाही गरिएन भने कडा संघर्षमा उत्रिने चेतवानी समेत पत्र मार्फत दिइएको छ !
मृत अवस्थामा भेटिएको बालिकाको शव अहिले सम्म जिल्ला अस्पताल मलंगवामा रहेको र अपराधी पक्राउ नपरे सम्म शव नबुझ्ने परिवारले अडान राखेको बुझिएको छ !
ध्यानकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी महतोले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कानुनी दयारामा ल्याउने प्रतिवद्धता व्यक्त गरेको जिल्ला अध्यक्ष कटुवालले बताएकी छिन !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here