काठमाडाैं ।। सरकारले आजदेखि काठमाडौँ उपत्यकामा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैछ । कक्षा ११ र १२ मा अध्ययनरत साथै विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । १८ वर्ष पूरा भएका र परीक्षाको प्रवेश पत्र भएका विद्यार्थीले खोप लगाउन पाउने उहाँले बताउनुभयो । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ४८ लाख १७ हजार ९ सय ८५ पुगेको छ । जसमा ३७ लाख ८ हजार ६ सय ८८ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । गत वर्ष माघ १४ गतेबाट खोप अभियान सुरु भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा मात्रै देशभर ९१ हजार ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियानलाई थप प्रभावकारी बनाउनका लागि चीन, जापान लगायतका मुलुकबाट केही दिनभित्रमा थप खोप नेपाल आइपुग्ने डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चीनबाट आज १६ मात्रा कोरोनाविरुद्धको खोप आइपुग्दैछ भने जापानबाट पर्सिसम्ममा थप खोप आइपुग्दैछ ।
आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।