काठमाडाैं ।। नेकपा एमालेका माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको फेरि ध्यानाकर्षण गराएको छ । आज सिंहदरबारमा सभामुख अग्नी सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेता माधव कुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेका हुन् । सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताउनुभयो । नेता भट्टराईले अरु दलका नेतालाई तत्काल कारबाही गरे पनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरुलाई कारबाही गर्न विलम्ब गरिरहेको बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here