काठमाडाैं ।। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन् ।
सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सरकारले दिने रकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।
उनले भनेका छन्,‘सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुरक्षाकर्मीबाहेक अन्य कुनै पनि सेवा सुविधा वा तलव भत्ता नलिने घोषणा गर्दछु ।’
उनले आफू मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने समेत बताएका छन् ।
‘जिम्मेवारी सम्हालेपछि व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यवसाय र व्यापारमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्र मार्फत सार्वजनिक गर्ने जानकारी गराउँछु । म संलग्न हुँदै आएको व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानूनी रुपमा नै त्याग गरिसकेको छु,’ उनले भने ।
शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन १० गते राज्यमन्त्री नियुक्त गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here