सिन्धुपाल्चोक ।। सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले सात घर बगाएको छ । गएराति आएको बाढीले मेलम्ची ११ पिपलबोटको ६ र पुरानो बजारको एक घर बगाएको स्थानीय नेत्र खडकाले जानकारी दिनुभयो । असार १ को बाढीले कटान गरेका घर राति बगाएको हो । मेलम्ची खोलामा आएको बाढीले शनिबारदेखि हालसम्म ६७ घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ तथा तालामाराङ र मेलम्चीमा १२ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । । उहाँका अनुसार बाढीले बाहुनेपाटी बजार र मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल पनि जोखिममा परेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here