रौतहट ।। रौतहटमा विद्यार्थी भर्ना विषयमा दुई पक्षीय झडप भएका छन् । रौतहटको माधवनारायण नगरपालिका वडा नं– ४ मा स्थित मावि विष्णुपूर्वामा आइतबार अपराह्न दुई पक्षबीच झडप हुंदा १५ जना घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी शिद्धिबिक्रम शाहले जानकारी दिए । उनका अनुसार एक पक्षका ९ र अर्को पक्षका ६ जना घाइते भएका हुन् । घटना पश्चात् दुवै पक्षा दुईजनालाई पक्राउ गरि सार्वजनिक शान्ति भंग गरेको कसुरमा कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक राजेश यादव तथा विद्यालयको व्यवस्थापन समितिका पूर्वध्यक्ष देवनारायण भगत मालीको समूह र वडा ४ का वडाध्यक्ष रामदेनी मुखियाको समूहबीच झडप भएको हो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगतको गत वैशाखमा निधन भएको थियो । व्यवस्थापन समितिको अध्यक्षका लागि माओवादीबाट निर्वाचित वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखियासहितले आफ्नो पक्षबाट अध्यक्ष हुने बताउँदै आएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here