सांकेतिक तस्विर

पश्चिम नवलपरासी ।। पश्चिम नवलपरासीको सदरमुकाम परासीको मुख्य बजार क्षेत्रको सडक अझै बन्न सकेको छैन् । जसका कारण स्थानिय सास्ती खेप्न बाध्य भएका छन् । निमार्णका लागि ४ वर्ष अघि ठेक्का पाएपनि ठेकदारको लापरवाहीले सडक निमार्ण अलपत्र परेको छ । अहिले सडकमा पानी आउने वित्तिकै हिलाम्मे र घाम लाग्ने वित्तिकै धुलाम्मे हुने गरेको छ । जसले गर्दा सडक नजिकका व्यापार व्यवसाय मात्र होईन स्थानीयको स्वास्थ्यमा पनि समस्या उत्पन्न भएको छ । धुलोका कारण व्यापार व्यवसाय गर्न पनि गाह्रो भएपछी स्थानीयहरुले रामग्राम नगरपालिकाका प्रमुखलाई भेटेर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् । संघीय सरकार मार्फत काम भएकाले आफूहरुले केही गर्न नमिल्ने रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताउनुभएको छ । लामो समयसम्म बितिसक्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने प्रमुख गुप्ताले बताउनुभयो । सडक निर्माणका लागि आर्थिक वर्ष २०७३÷७४ मा सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले ठेक्का आह्वान गरेको थियो । जसअनुसार निर्माण कार्यको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा सामाखुसी काठमाडौँले अहिलेसम्म सडक बनाउने कार्य सुरुवात नगर्दा स्थानीयले दिनहुँ सास्ति भोग्नुपरेको छ । २ पटकसम्म म्याद थप गर्दासमेत सडक नबनेपछि असार १५ गते ठेक्का तोड्नका लागि सूचना निकालेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।परासीको झरहीखोलादेखि बुद्धचोक हुँदै मञ्जरिया जोड्ने सडक र पोखरापालीसम्मको सडक, नाली र फुटपाथ निर्माणका लागि निर्माण कम्पनीले १६ करोड ९४ लाखमा ठेक्का पाएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here