काठमाडाैं ।। भारतमा थप ४३ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख सङ्क्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार २ सय ११ जनामा सङ्क्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या ३ करोड १५ लाख २६ हजार ६ सय २२ पुगेको छ । हालसम्म भारतमा ४ लाख ९ हजार ८ सय ५ जना संक्रिय सङ्क्रमित छन् । यस्तै त्यहाँ एकै दिन ६ सय ४१ सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ४ लाख २२ हजार ६ सय ९५ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।