रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मा स्थानीयहरुले आफ्नो निजि स्रोतबाट सडक मर्मत गरेका छन् ।
वर्षौ देखि हिलाम्य रहेको स्थानीय मुड्वलबा देखि राजदेवी वडा नम्बर ९ महतो टोलमा जाने सडक पटक पटक नगर प्रमुख धिरेन्द्र कुमार सिंहलाइ मर्मत गर्न आग्रह गर्दा मर्मत नगरेकोले लाभावान्वित हुने व्यक्तिहरुले चन्दा संकलन गरेर ग्रेभल गरि सडक संचालनमा ल्याएको हो ।
वडा नम्बर ७ र ९ लाइ जोड्ने सडकको रुपमा रहेको सो बाटो करिव एक बर्ष देखि अलपत्रमा रहेको थियो ! बजेट अनियमितता गर्नमा अघि रहेका राजदेवी नगरपालिकाका जनप्रतिनिधिले स्थानीयको आधारभूत आवस्यकता समेतलाइ बेवास्ता गरेको स्थानिय्हरुको आरोप रहेको छ ।
सडकमा हिलो भएर आवागमनमा असहजता भइ रहेको सवैको सहयोगमा ग्रेभल गरिएको स्थानीय देवनाथ यादवले बताएका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख समेत रहेका यादवले जनप्रतिनिधिलाइ पटक पटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेकोले ८० हजारको लागतमा ग्रेभल गरिएको जनाए ।
४० हजार रुपैया अझ खर्च गरे सडकको अवस्था राम्रो हुने उहाको भनाइ रहेको छ ।
सो सडक निर्माण भएमा दुवै गाउका स्थानियहरुलाई आफ्नो खेतवारीमा काम गर्न आउँन जान सहज हुने विश्वास गरिएको छ ।
नगर पालिकाले विकास निर्माणको लागि आएको रकम फिर्ता गराए तर सडक मर्मत गर्न नसक्नु दुखद भएको टिप्पणी स्थानीयको रहेको छ ।
नगरपालिकाको ४७ % बजेट फ्रिज, स्थानीयले आफै बनाए सडक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












