काठमाडाैं ।। नोबेल कोरोना भाइरसको महामारीको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशलाई कम्तिमा एक हजार अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । मन्त्रालयले सातै प्रदेशको आपूर्ति केन्द्रलाई कम्तिमा पनि एक हजार वटा अक्सिजन सिलिण्डर भरेर राख्न भनेको हो । कोरोना सङ्क्रमण दर पछिल्लो केही दिनदेखि तीब्र रुपमा बढ्न थालेको हुँदा तेस्रो लहर आउन सक्ने जोखिम रहेकाले सम्भावित चुनौतीको सामना गर्नका लागि तयारी अवस्थामा रहन भनिएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो । मन्त्रालयले अहिलेकै अवस्थामा सङ्क्रमण बढे असारको दोस्रो हप्तामा कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । बितेको २४ घण्टामा मात्रै देशभर थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here