काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताएका हुन् । उनले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने बताए ।
उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनुभयो भने यो पार्टी हो पार्टीले विचार गर्छ ।’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।