राैतहट ।। रौतहट जिल्लाका राजदेवी नगरपालिकाका कर्मचारीहरु काम काज बन्द गरेर आन्दोलनमा उत्रेका छन् । निर्वाचित जनप्रतिनिधिको कार्य शैली प्रति असन्तुस्टी जनाउदै कर्मचारीहरुले कार्यालयका कामकाज बन्द गरि आन्दोलनमा आएको हो ।
नगरपालिकामा केहि समय देखि कार्यालय प्रमुख , प्रसाशन शाखामा ताल्चा लगाउने तथा प्रमुख देखि तलो श्रेणीका कर्मचारीहरुलाई जनप्रतिनिधि र उत्श्रीन्खल व्यक्तिहरु द्वारा बारम्बार धम्क्याउने ,गालि ,बेइज्जति कुटपिट गर्ने जस्ता कार्य भैरहेकोले दैनिक कार्य गर्ने बातावरण र सुरक्षाको प्रत्याभूति नभए सम्म नगर कार्यपालिका कर सम्पूर्ण वडा कार्यालयहरुको दैनिक कामकाज बन्द गरि नगर प्रमुख पक्षका कर्मचारीहरु आन्दोलनमा बसेका हुन् ।
नगर प्रमुख धिरेन्द्र कुमार सिंह र केहि निर्वाचित वडा अध्यक्ष ,सदस्यहरु एक पक्षमा भइ नगर उपप्रमुख अंशु सिंह र वडा नम्बर ९ का वडा अध्यक्ष पुलिन्द्र दासलाइ सुविधाबाट बन्चित गरि अघि बढ्दै गरेकोमा नगर उपप्रमुखले कानुन समत सुचना माग्दा सो सुचना नदिने उदेश्यले नगरपालिका कर्मचारीहरु आन्दोलनको सड्यन्त्र गरेको बुझिएको छ ।
अषाढ महिना सम्म गौरमा लेखा फाट संचालन गरेका निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साह , लेखापाल नागेन्द्र साह , स्वास्थ्य संयोजक चन्देश्वर साह , वडा नम्बर ४ का वडा अध्यक्ष भाग्य नारायण साह , वडा नम्बर ८ का वडा अध्यक्ष शंकर राय यादव , ७ का वडा अध्यक्ष संजय कुमार यादव , वडा नम्बर ६ का अच्छेलाल राउत , २ का सनुप महतो नगर प्रमुख सिंहका साथ सहयोग समर्थनमा रहेका छन् ।
नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष राम नरेश यादव भने उप प्रमुखको पक्षमा रहेकोले नगर प्रमुख सिंहले नगर परिषद गर्दा उपमेयरको पक्षमा भएका २५ जना नगर सभा सदस्यलाइ बाहिर राखी पाचौ नगर सभा गरेकोमा सो नगर सभाको निर्णयको प्रतिलिपि नगर उप प्रमुख सिंह निमित प्रमुख प्रशासकीय अधिकृत साह सित माग गर्दा नदिएको कारण उपमेयरले साह लाइ उनकै कार्यकक्षमा ३ घण्टा थुनेपछि कर्मचारीहरु विच विवादित अवस्था सृजना भएको हो ।
नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकको सुचना पाउने हक हुनेछ भनि संवैधानिक व्यवस्था अन्तर्गत लिखित रुपमा कागजपत्र माग्दा जनप्रतिनिधिले काम गर्ने असहज बातावरण सृजना गर्यो भनि आन्दोलनको खेल खेल्नु सुचनाको हक सम्वन्धि ऐनको दुरुपयोग गर्नु रहेको नगर उपप्रमुख सिंहले टिप्पणी गरेका छन् ।
स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारबाट नगर प्रमुख सिंहले बन्चित गर्नु लोकतन्त्र र संविधानको उपहास भएको भन्दै संवैधानिक हकको अवहेलना गर्नु कानुन सम्मत नरहेको तर्क उहाले गरे । नगरपालिकाले विगतका वर्षमा गरेको खर्चको हिसाव किताव सार्वजनिक गर्न नपरोस भनि उदेश्यले आन्दोलनको नौटंकी गरेको पुर्व सभासद बबन सिंहले आरोप लगाएका छन् । वर्षौ देखि झोलामा कार्यालय संचालन गर्दै आएकोले प्रमाणित कागज पत्र दिए पोल खुल्ने डरको कारण माग गरिएको सुचना लुकाउने गरेको दावी सिंहको रहेको छ ।
नगरपालिकाको भवन हुदा हुदै मेयरले गौरमा प्रभात चौक नजिक रहेको एक जनाको निजि घरमा कार्यालय संचालन गर्दै आएको बताउदै कार्यालयमा जडान गरिएको सिसि कैमरा र एलेक्ट्रोनिक हाजिरी मशिन चेक गर्न सम्वन्धित निकाय सित आग्रह गरे ।
स्थानीयहरुका अनुसार नगर प्रमुख सिंह ४ जनाको इशारामामा कार्य संचालन गर्दै आएका छन् । निमित प्रमुख प्रसासकिय अधिकृत सुबोध साह , लेखापाल नागेन्द्र साह , वडा अध्यक्ष भाग्य नारायण साह तथा स्वास्थ्य संयोजक चन्देश्वर साहको राय सल्लाह अनुसार नगर प्रमुख योजना छनौट , बजेट विनियोजन र भुक्तानी गर्ने गरेको नाम सार्वजनिक नगर्ने सर्तमा एक कर्मचारीले बताएका छन् ।
सुबोध साह मेयरको सवै भन्दा नजिकको मानिएको छ भने लेखापाल गाउकै रहेका छन् । समाचार स्रोतका अनुसार गएको आर्थिक वर्ष र यस आर्थिक बर्ष गरि करिव १ करोड ५० लाखको हैंड पाइप जडान भएको छ जो आफ्नो पार्टी कार्यकर्तालाइ र भोट दिने शर्त गरेकालाइ मात्र घरमा जडान गरिएको छ ।
बागमती नदिको बाँध मर्मत र स्पर निर्माणमा करोडौ रकमको अनियमितता भएको आशंका नगर उपप्रमुख सिंहको भएकोले भए गरेको योजना निर्माणको हिसाव किताव सार्वजनिक गर्नु पर्ने अडान लिएकोमा सो लाइ प्रभावित गर्ने उदेश्यले कुटनीतिक चाल चलिएको कथन प्रतिपक्षका नेताहरुको रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here