काठमाडौं ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको सबैभन्दा बढी जनसंख्याको साथ आफूसँग रहेको जिकिर गरेका छन् ।
आइतबार अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रममा ओलीले एमालेलाई देशको सबैभन्दा बढी जनताको साथ रहेको दाबी गरेका हुन् ।
“देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ । देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ । एउटा, दुईटा कसले कविता न सविता भनेर लेख्छ । त्यसका पछाडि नेकपा एमाले कुद्छ ?,” ओलीको प्रश्न छ ।
ओलीले एकजनाले आक्रोशपूर्ण कविता लेखेको भन्दै आफूलाई दया लागेको बताए । उनले आफूसँग दुई, चारजनाको झुन्ड नभएर देशै सबैभन्दा बढी जनसंख्याको साथ रहेको बताएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here