काठमाडाैं ।। भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी, डुबान र भू स्खलनमा परि मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । महाराष्ट्रमा मात्रै लाखौं मानिस प्रभावित भएका छन् भने गोवामा सैयौंको संख्यामा घरहरु क्षतिग्रस्त भएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । सरकारले समुद्री सतह नजिक रहेका बस्तीका मानिसहरुलाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेको छ । बीबीसीले लेखे अनुसार गोवा र महाराष्ट्रमा लगातारको वर्षाका कारण मानिसहरुको जनजीवन प्रभावित बनेको छ । बाढी र डुबानमा परि बेपत्ता भएकाहरुको खोजी जारी रहेको छ भने उद्दार र राहतको काम पनि भइरहेको बताइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here