नुवाकोट ।। नुवाकोटमा कामदारहरुका लागि नयाँ ज्याला दर कायम गरिएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदुरको ज्याला हेरफेर गरेको हो । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको ज्याला दर निर्धारण समितिले पछिल्लो समय बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदुरी गर्नेको पारिश्रमिक पनि बढाएको हो । समितिले निर्धारण गरेको दररेट अनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला ६० रुपैयाँले वृद्धि भएको छ । आर्थिक ऐन अनुसार ५ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो । निजी तथा गैरसरकारी संघसंस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । दक्ष डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्याला पनि ६० रुपैयाँले बढेको हो । यसअघि दैनिक १ हजार २ सय रुपैयाँ पाउने मजदुरले अबदेखि १ हजार २ सय ६० रुपैयाँ पाउने भएका छन् । यससँगै अर्धदक्ष कामदारहरुले ८ सय रुपैयाँ र सिकारु अदक्ष कामदारहरुले ७ सय ६५ रुपैयाँ ज्याला पाउने छन् । यस्तै, ज्यामी, भरिया, ज्यामी नाईके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, अवाले, ईट्टा वनाउने, क्याम्पर वर्कर, साधारण हेल्पर, ल्याव व्वाय र नर्सरी नाइकेले दैनिक ७ सय ६५ रुपैयाँ पाउनु पर्ने जिल्ला दररेट निर्धारण भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here