काठमाडाैं ।। इराक युद्धको घोषणा गर्ने बेलाका अमेरिकी रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डको निधन भएको छ । डोनाल्डलाई इराक युद्धका प्रमुख ‘आर्किटेक्ट’ का रुपमा पनि लिइन्छ । पूर्व रक्षा मन्त्री रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनमा रक्षा मन्त्री रहेका डोनाल्ड ‘आतंकवाद विरुद्धको युद्ध’ का प्रमुख पक्षधर हुनुहन्थ्यो । सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछि अमेरिकी सुरक्षा बलले अफगानिस्तानमा सैन्य अभियान थालेको थियो भने सन् २००३ मा इराकमा युद्ध सुरु गरेको थियो । विवादास्पद द्वन्द्वको नतिजा स्वरुप रम्सफेल्डले सन् २००६ मा रक्षा मन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here