काठमाडाैं ।। यस वर्ष हुने ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने टुङ्गो लागेको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी)का अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने खेलाडीको टुङ्गो लागेको हो । जसमा पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको तर्फबाट सहभागी हुनेछन् ।सुटिङ्गकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्डमार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका नेपाल ओलम्पिक कमिटिले जनाएको छ । यस वर्षको ओलम्पिक जापानको टोकियोमा जुलाई २३ बाट अगष्ट ८ सम्म सञ्चालन हुदैछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here