रौतहट ।। रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा आन्दोलनकारी र प्रहरी विच झडप भएको छ । झडपमा परि प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।
अषाढ १३ गते भएको पाचौ नगर अधिवेशन पश्चात नगर सभामा प्रस्तुत गरिएको नीति कार्यक्रममा महिला हरुको लागि बजेट समावेश नगरिएको भन्दै राम दुलारी शिव समाज सस्थका नेतृत्वमा नगरपालिकाको कार्यालयमा गरिएको तालावन्दी खोलाउन गएको प्रहरी टोली माथि आन्दोलनमा बसेकी महिलाहरुले प्रहरी माथि ढुंगा मुढा गर्न लाग्दा झडप भएको हो ।
स्थति असहज भएपछी प्रहरीले ७ राउण्ड आश्रु ग्यास प्रहर गरेको छ । आन्दोलनकारीहरुले ढुंगा प्रहर गर्दा प्रहरीको भ्यानको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बताएका छन् ।
आर्थिक वर्षको आन्तिम समय रहेकोले कार्यालयमा तालाबन्दी गरेर कार्यालयको कामकाज प्रभावित बनाउन नहुने भनि प्रहरीले नगरपालिका को अनुरोधमा ताल्चा फुटाउन जादा झडप भएको हो ।
प्रहरीले आन्दोलनमा सहभागी भएकी प्रभा सिंहलाइ नियन्त्रणमा लिएर आवश्यक छन् विन प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश विश्रामपुरमा आन्दोलनकारी र प्रहरी विच झडप ७ राउण्ड आश्रु ग्यास प्रहार
विश्रामपुरमा आन्दोलनकारी र प्रहरी विच झडप ७ राउण्ड आश्रु ग्यास प्रहार
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।