काठमाडाैं ।। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा बहस जारी छ । आज पनि सरकार पक्षका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । सोमबार र हिजो संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये अब ७ घण्टा ५५ मिनेट मात्र बाँकी छ । हिजो सरकारको पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् । नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गर्नुभएको हो । नायव महान्यायाधिवक्ता कोइरालाले दलको म्यान्डेट विपरीत अर्को दललाई समर्थन गर्ने छुट सांसदहरुलाई दिँदा मुलुक अस्थिरतामा जाने जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिट निवेदन माथि आज संवैधानिक इजलासमा बहस गर्दै उहाँले सांसदहरु दलको म्यान्डेट अनुसार नै रहनुपर्ने धारणा राख्नुभयो । सरकार पक्षलाई छुट्याइएको १५ घण्टा मध्ये १ घण्टा सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीका लागि छुट्याइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here