काठमाडाैं ।। काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकको निर्णयअनुसार आजबाट सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका हुन् । उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ । २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायातका साधन सञ्चालन हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कलिप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन् । गत वैशाख १६ देखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको थियो । आजदेखि सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here