काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै दशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ८५३ जना निको भएका छन् । नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ४२ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ५१ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्य ३७ हजार ९५० पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












