जुम्ला ।। जुम्लामा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ३ निवासी ८३ वर्षका पुरुषको मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टाराईले जानकारी दिनुभयो । योसँगै जुम्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । जुम्लामा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ६ सय ९६ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।